खेलकुद
-
Top 3 Feature Posts
जनज्योति भिमादमा च्याम्पियन
भिमाद नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड तथा नवौ मेयर कप प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालयले ९ स्वर्ण, २ रजत र २ कास्य पदक जितेर च्याम्पियन बनेको छ । प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र ५ कास्य सहित १२ पदक जितेको बालशैक्षणिक माध्यमिक विद्यालय द्धितीय तथा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
शुक्लागण्डकीको पञ्चमुनिदेवले रनिङशिल्ड हात पार्यो
दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकामा आयोजित सातौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि पञ्चमुनिदेव माध्यमिक विद्यालयले हात पारेको छ । लगातार तेस्रो पटक पहिलो स्थान हासिल गर्न सफल पञ्चमुनिदेवले यस वर्ष प्रतियोगिताकै उपाधि स्थायी रूपमा आफ्नो बनाएको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पञ्चमुनिले १७ स्वर्ण,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
भानु नगरस्तरीय अन्तर विद्यालय शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगितमा प्रभात मावि च्याम्पियन
भानु : तनहुँको भानु नगरस्तरीय अन्तर विद्यालय शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता–२०८२ को उपाधि प्रभात माध्यमिक विद्यालय, भानु–६ सिम्पानीले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा प्रभात माविले सरस्वती मावि भानु–१२ घलेछापलाई २५–१६, २५–१८ र २५–१७ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
आँवुखैरेनीको रामशाह मावि प्रथम हुन सफल
आँवुखैरेनी : “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित आँबुखैरेनी गाउँपालिकाद्वारा आयोजित सातौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आइतबार सम्पन्न भएको छ । तीन दिनसम्म चलेको प्रतियोगिता आँबुखैरेनी–२, मार्कीचोकस्थित रंगशाला तथा रामशाह माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न भएको थियो । गाउँपालिका अन्तर्गतका पाँच सामुदायिक र पाँच…
पुरा पढ्नुहोस -
खेलकुद
भानुमा अन्तरविद्यालय शिक्षक मैत्रीपूर्ण भलिबल खेलमा १५ विद्यालयको सहभागिता
भानु (तनहुँ) । तनहुँको भानु नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको नगरस्तरीय अन्तर विद्यालय शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता शुक्रबारदेखि भानु–२ गोठेरी खेलमैदानमा सुरु भएको छ। कार्यक्रमको उद्घाटन भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले सर्भिस गरी गर्नुभयो। प्रतियोगितामा १५ विद्यालयको सहभागिता रहेको छ। टिम क्याप्टनहरूको उपस्थितिमा गोला…
पुरा पढ्नुहोस -
खेलकुद
तनहुँका पालिकामा खेलकुद उत्सव
दमौली, २८ कात्तिकः जिल्लाका विभिन्न पालिकामा जारीे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले यहाँका खेलप्रेमी विद्यार्थी उत्साहित भएका छन् । जिल्लाका दश पालिकामध्ये केहीमा प्रतियोगिता सम्पन्न भएका छन्भने केहीमा खेल हुँदै छन् । पर्याप्त खेलकुद पूर्वाधारका नभए पनि स्थानीय तहले रनिङ शिल्ड प्रतियोगिता सुरु गरेका बताउँदै भन्नुभयो,…
पुरा पढ्नुहोस -
खेलकुद
बन्दीपुरमा आयोजित राष्ट्रपति रनिङशिल्डको उपाधि पवित्रा माविले उचाल्यो
बन्दीपुर, २७ कार्तिक : तनहुँको बन्दीपुर गाउँपालिकाद्वारा आयोजित सातौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–२०८२ मा पवित्रा माध्यमिक विद्यालय, पिप्लेले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा पवित्रा माविले १६ स्वर्ण, २ रजत र ५ कास्य पदकसहित समग्र विजेता बनेको हो ।…
पुरा पढ्नुहोस -
खेलकुद
व्यास नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिर १ गतेदेखि सञ्चालन गरिने
दमौली : तनहुँको व्यास नगरपालिकाको आयोजनामा सातौं अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आगामी मंसिर १ गतेदेखि सञ्चालन हुने भएको छ। प्रतियोगिता व्यास–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयको खेलमैदानमा मंसिर १ र २ गते हुने व्यास नगरपालिका खेलकुद शाखाले जनाएको छ । स्थानीय तह स्तरीय प्रतियोगिता…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि भानुमा सरोकारवालाहरुबीच छलफल
भानु : तनहुँको भानु नगरपालिका–९ काउरेटारस्थित खेलमैदानमा निर्माण हुने बहुउद्देश्यीय कभर्डहलका सम्बन्धमा मंगलबार सरोकारवालाहरूबीच छलफल गरिएको छ । संघीय सरकारले चालु आर्थिक वर्षका लागि उक्त कभर्डहल निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन गरेको छ । राष्ट्रिय खेलकुद परिषदमार्फत कार्यान्वयन हुने यस योजनाका लागि स्थानीय तहले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
खेलकुद प्रतियोगिता
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित शुक्ला माध्यमिक विद्यालयका विद्यार्थीहरु अन्तर सदनात्मक भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै । प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुलाई विद्यालयले जिल्लास्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा सहभागि गराउने भएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
भलिबल प्रतियोगिता
तनहुँको भिमाद नगरपालिकाको जनशान्ति युथ क्लब भिमाद नपा ६ शान्तिनगर तनहुँद्वारा हरिबोधनी एकादशीको अवसरमा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडीहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ र फिल्डिङमा नेपालले यूएईविरुद्ध रोमाञ्चक जित दर्ता
काठमाडौं । दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ र फिल्डिङमा नेपालले यूएईविरुद्ध रोमाञ्चक जित दर्ता गरेको छ । नेपाललाई १ रनको जित दिलाउन ऐरीले तीन महत्वपूर्ण विकेट लिए भने उत्कृष्ट फिल्डिङ गरे । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सको आफ्नो पहिलो…
पुरा पढ्नुहोस