गणतन्त्र दिवस

लामो संघर्ष, असंख्य योद्धहरुको बलिदानबाट प्राप्त उपलब्धी गणतन्त्र स्थापनाले १६औं वषन्त पार गरेको छ । मुलुकमा राजतन्त्रको अन्य र गणतन्त्र स्थापना नेपालको आधुनिक राजनीतिक इतिहासमा र्सवाधिक महत्वको मात्र नभई युगिन उपलब्धी थियो । २०६५ जेठ १५ गते बानेश्वर स्थित संसद भवनमा उपस्थित ६०१ सदस्यीय निर्वाचित संविधानसभा सदस्यहरु मध्ये ५६० जनाले पक्षमा मतदान गरेर मुलुकमा विधिवत रुपमा गणतन्त्र घोषणा भएको थियो । उता नारायणहिटी राजदरबारबाट राजा ज्ञानेन्द्रलाई कसरी विदाई गर्ने भन्ने विषय टुंगो हुन बाँकी नै थियो ।

काठमाडौंको सडक मात्र होइन नेपालको सुदुर गाउँबस्ति र झुपडीहरु र्सवत्र गणतन्त्र स्थापनाको खुशीयालीले गुञ्जयमान थिए होलान । यस अगाडि नै संसदबाट गणतन्त्र स्थापनाका लागि निर्वाचित संविधानसभाको पहिलो बैठकले घोषणा गर्ने संकल्प प्रस्ताव पारित भइसकेको थियो । सोही संकल्प प्रस्तावमा टेकेर २०६४ चैत्र २८ गते निर्वाचित संविधानसभाको पहिलो बैठकले मुलुकमा गणतन्त्र घोषणा गरेको हो । गणतन्त्र घोषणा भयो जनतामा अपार उत्साह र उमंगले भारी उत्साह जगायो । नारायणहिटी दरबारमा रहेका पूर्व राजा ज्ञानेन्द्रलाई श्रीपेञ्च बुझाएर दरबार छाड्नुको कुनै पनि विकल्प थिएन । अन्ततः भयो त्यही ।

दुइ वर्षका लागि निर्वाचित संविधानसभाले आफ्नो कार्यकालको दुइ वर्षमा संविधान निर्माण गर्नु त परै जाहोस दलहरु बीच एक आपसमा दुरी बढ्दै जाँदा मुलुकमा संघिन मुद्दाहरु ओझेलमा मात्र परेनन् नेताहरुको स्वर्थाले चरम रुप लिदै गयो । दर्ुइ वर्षो अबधिमा संविधान जारी नभएको परिस्थितिलाई मध्येनजर गरेर व्यापक जनदबाबका बीचमा थप दुइ वर्षका लागि संविधानसभाको कार्यकाल थप गरियो । आफ्नो कार्याकाल आफै थपेपनि समयको सिमामा संविधान निर्माण हुन सकेन ।

वर्षमा दुइ पटकसम्म सरकार परिवर्तन हुने खेलहरु हुँदै गए । अन्तत् थपिएको दुइ वर्षको अवधिमा समेत संविधान निर्माण नभएको अवस्थामा संविधानसभा विघटन हुनु आफैमा बाध्यकारी सृजना हुन पुग्यो । मुलुकमा विकृती, विसंगति दलहरु बीच आपसि मनमुटाव र दुरत्व बढ्दै गयो । तथापि आन्दोलनलाई सफलताको चुलीमा पुर्‍याउने जनताको बीचमा उमंग र उत्साह सेलाएको थिएन् । निरन्तरको खबरदारीका कारण संविधानसभाबाट संविधान दिनुको विकल्प नभइरहेको अवस्थामा पुनः दोश्रो पटक संविधानसभा निर्वाचन सम्पन्न भयो । दोश्रो पटकको संविधानसभाले पनि आफ्नो दुइ वर्षको अबधिमा संविधान दिन सक्ने नसक्ने अन्यौल र आशंकाहरु यतिविघ्न जरा गाड्यो कि परिस्थितिले कतै काबुभन्दा बाहिर जाँदै त छैन भन्ने जगजगि सृजना हुँदै गर्दा दलहरुले पुनः आपसमा सहमति गरेर २०७० मंसिर ४ गते दोश्रो संविधानसभाको निर्वाचन भयो ।

दोश्रो संविधानसभा निर्वाचनबाट विविध कठिनाइ र दलहरुको आपसि बेमेलकै बीचमा २०७२ भदौ ३० गते नयाँ संविधान जारी भयो । मुलुकलाई आर्थिक समृद्धि र समृद्धिको बाटोमा पुर्‍याउन नयाँ संविधानलाई पूर्ण रुपेण कार्यान्वयन गर्दै जानुपर्ने थियो, जस अनुरुप संघीय संसद, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचनहरु दुइ चरणमा सम्पन्न भई निर्वाचित जनप्रतिनिधिको दोश्रो कार्यकाल वडातहदेखि संघीय संसदसम्म चलिरहेको छ । यसै बीचमा २०६५ जेठ १५ गते घोषणा भएको संघीय लोकतान्त्रिक गणतन्त्रले आज १५ वर्षपुरा गरी १६औं वर्षा प्रवेश गरेको छ । यस बीचमा मुलुकमा सकरात्मक र नकरात्मक प्रवृत्तिहरु जनताको बीचमा देखा परेका छन् ।

मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउन राष्ट्रिय राजनीतिकका दलहरु कतै असफल त हुँदै छैनन् भन्ने आशंकाहरु झ्यागिदै गएको छ । बिगतमा आन्दोलनमा महत्वपूर्ण योग्दान गरेका नेताहरु हाल जनताका प्रतिनिधिसमेत भ्रष्टाचारका काहालिलाग्दा भासमा भाँसिरहदा हाम्रो गणतन्त्रले अपेक्षित बाटो तय गर्न कतै बाँध्यत सृजना भएको त छैन – आशंकाकै बीच हामीले १६औं गणतन्त्र दिवस मनाइरहेका छौ ।

मुलुकलाई अग्रगमनको बाटोमा लग्नलाई अनेकौ व्यवधान र तगराहरु गणतन्त्र विरोधीहरुबाट सृजना हुनु आफैमा आश्चर्यको विषय होइन ? तर, गणतन्त्र स्थापनासम्म त्याग र बलिदान गरेका राजनीतिक दल र दलहरु भित्रै देखा परेको विसंगतिलाई चिर्न सकिएन भने हाम्रा उपलब्धीहरुलाई रक्षय गर्दै अगाडि बढ्न सहज होला ? गणतन्त्र दिवसमा सबैमा हाम्रो पनि शुभकामना ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker