गौंडा कुरेर बसेका शिकारीहरु

डा. प्रशान्त ध्वज अधिकारी

भनिन्छ, प्रकृतिलाई कहिले पनि जित्न सकिदैन । त्यही भयर होला हामी प्रकृतिलाई पुजा गर्र्छौ । हामीले गाउँघरमा गरेका पुजाहरु जस्तै बनदेवता, जलदेवता, बाजे-बझै, भंगेर, माई, आदि मात्र सम्झने हो भने पनि हामीको प्रकृतिसंगको सम्बन्ध कति निकट छ जस्तो लाग्छ ।
यस्तै प्रक्रियमा सामेल र साथ दिदै हुर्केकाले होला, यसको अनुभूति अझै ताजा छ । यिनै रितिरिवाज नै हाम्रा सस्कृति हुन् र हाम्रो ठाँऊको चिनारी र पहिचान जिबन्त बनाउने एक माध्यम हुन् । यस्ता सस्कृति बचाउने दायित्व हामी सबैको हो । तिनै प्रकृतिक सरोफेरोमा रहेको गाउँघरका जंगलमा शिकार खेल्न आजकाल वर्जित छ ।
पहिला-पहिला जंगलकै साँध सिमानाहरुमा कराउदै हिँडेको र गौंडा कुरेर बसेका शिकारीहरुले भनेका कुराहरु भने अझै स्मृतिमै छन् । एक भुतपुर्ब आर्मी दाईले भनेको कुरा यो लेख लेख्दै गर्दा अझ बढी सोच्न बाध्य पारिदिन्छ । किनकी, आज परिस्थिति ति दाईको सोच भन्दा भिन्न छ । शिकार केही नपाई घर फर्किने बेलामा ति दाईले आज मृग मेरै अघिबाट जाँदा पनि मैले गोली हाँनिन, किनकी त्यो मृग गर्भबाट भ्रण निकाल्दै थिइन् भनेको कुराको यादले ति दाई प्रति केही बेर सोचमग्न बनाईदिन्छ । लामो समय बन्दुक समाई शत्रुको शिकार गर्छु भन्नु भएको ति दाईले गौंडामा भेटेको शिकारलाई गोली नहान्नु सायद हामीको प्रकृति संगको गहिरो सम्बन्धको कारणले हुनुपर्छ । तर, आजका शिकारीले यो कुरा लागु गर्ने कल्पना गर्न सकिन्छ होला ? किनकी, हाम्रो सिकाई-बुझाई बिस्तारै प्रकृतिसंग टाढा हुँदै गएको छ । ब्यक्ति आफ्नै लागी मात्र सोच्ने हुँदै छ ।
कहिले काँही लाग्छ, हाम्रै  पुस्ता नै हो कि, यो सबै भन्दा बढि झेल्ने जस्तो, जो आमा बुबालाई माया दिने अन्तिम पुस्ता र सन्तानको माया नपाउने पहिलो पुस्ता हुन् त गैरहेको छैन ? किनकी आजको युबाले स्वदेशमा भबिस्य नै देख्दैन । स्वदेशमै नभयपछि आमा बुबाले कसरी भाबनात्मक माया पाउने ? झन विदेशमै शरणार्थी हुन् खोजेको छ भने कार्ड नहुदै बाबु-आमा मृत्यु भय, सायद अनलाइन मार्फत त  होलानी काजक्रियाको काम गर्ने पनि, चाहेर-नचाहेर वा के भनौ हाम्रो समाज बिस्तारै आफ्नै रितिरिवाजबाट टाढा हुनुपर्ने वा छोड्नुपर्ने परिस्थितिको बिकास हुदैछ । यसको छनक देशमा अहिले घटित नक्कली भूटानी शरणार्थी प्रकरणले पनि दर्शाउछ ।
विकासित देशहरुमा शरणार्थी भएर बसेका नेपाली धेरै छन । तर नेपाली पहिला नक्कलि भूटानी हुने र त्यसपछि शरणार्थी हुने बाटो बनाउन राज्यको संबेदनशील अंगमा रही काम गर्नेहरु नै लाग्नु भनेको देश प्रति जनताको बिस्वास-भरोशा छैन र यहाँ आश गर्ने ठाउँ पनि छैन भन्ने आममानिसको अनुभूतिलाई थप टेवा दिनु हो । यही घटना काफी छ, देश कति भ्रस्टाचारको दलदलमा फसिसकेको छ भनेर, अनि देश अघि कसरी बढ्न सक्छ ? त्यसैले लाग्छ, ब्यक्तिले भबिस्य यहिँ उज्ज्वल देखेको भए उ गौंडा-गौंडामा ठगिदै शरणार्थी हुन् किन रहर गथ्र्यो होला र ?
हामीकोमा यो अबस्था किन आयो र यसको अन्त्य कसरी गर्ने भन्ने आजको मूल समस्या हो । नेपालको इतिहाँसलाई हेर्ने हो भने, नेपालको केहि साशनकाल स्वर्णिम रहेको इतिहास छ, तर जब देश सुगौली सन्धिमा बाधिन पुग्यो, अनि नेपालीका दुर्भाग्यका दिन शुरु हुन् थालेको हो जस्तो लाग्छ । राणाकालमा बिदेशी लाहुरे संस्कृति थप भित्राइयो, देशको उँधो गतिको यात्रा यहीबाट शुरु भयो । यदि यसो नगरीदिएको भए स्वदेशमै गरी खाने बृति-बिकासको थालनी हुन्थ्यो होला । मान्छेहरुले उद्यमशील हुने परिस्थिति निर्माण गर्ने थिए वा स्वदेशमै गरीखाने बानी बसालिसक्थे होलान । हुन् त त्यो बेलामा राणाहरुले युबाहरुलाई विदेश पठाए, आफ्नो शासनलाई खतरा नहुने महशुस गरे, त्यो बापत केही गुमेका भू-भाग फिर्ता पनि नेपालले पाएको छ । तर, हामीकोमा शासकले रैतीको शिकारको थालनी यहीबेलाबाट शुरु भयो । यो सस्कृति पंचायतकालमा पनि निरन्तरता पायो । यहाँसम्म आइपुग्दा त लाहुरे संस्कृति हामीकोमा सम्पन्नतासंग दाँज्ने कडी भैसकेको थियो ।
पञ्चायतकालको अवसानपछि सुनौलो भबिस्यको आश गरेका नेपालीहरु माझ लाहुर हुन् जाने मात्र हैंन, विदेश जाने लहरले बाढी नै लेरायो । किनकी, यहिँ गरिखाने अबस्था सिर्जना गर्नुको साटो पञ्चायतकालमै रुग्ण हुँदै र केही चल्दै आएका सस्थांनहरु नै नेताको निशानामा परे । त्यस्ता संस्थानहरुमा पहिला आफ्ना कार्य-कर्तालाई राख्यो, पछि घाटा देखाई भटाभट निजीकरण गर्न थालियो, अनि बन्द हुँदै गए, जस्ले रोजगारी झन खुम्चिन पुग्यो । अझैँ केहि रहेका उधोगका गति त्यस्तै नै बनाईदै आईएको छ । अब दुग्ध बिकास सस्थान निजीकरण भय आश्चर्य नमाने हुन्छ । देशलाई परनिर्भर बनाउने बिदेशी डिजाइन र शासक बर्गलाई आउने कमिसनले गर्दा पहुचमा हुनेहरु गौडा-गौडामा अर्थोपार्जनका लागि सक्रिय छन ।
हरेक क्षेत्रमा आफु-आफन्त, आशे-पासे वा त्यो नभय आर्थिक चलखेलले मात्र काम हुने परीस्थिति निर्माण गरी आममानिसको आशलाई छिन्- भिन्न पार्ने कोसिसले निरन्तरता पाईरहेकै छ । देशमा आज उत्पादन छैन, उद्योग छैन, रोजगार छैन, अनि इमान्दार र मिहेनेती मान्छेलाई काम गरी खाने बाताबरण पनि छैन । श्रम गर्ने युबा जो देशको लागि अपरिहार्य छन, तिनीहरुलाई गौडा-गौडामा फसाउन वा ठगिन बाध्य पारिदैछ । यी ठगिने क्रम स्वदेशमा मात्रै हैन, बिदेशमा पनि अपबाद बाहेक भैरहेकै छ । युवाशक्तिलाई विदेश पलायन गरी शासन-सत्तामा टिक्ने, जोगाउने र आँफै मात्र रमाउने राणाकालिन शुत्र यी ३२ बर्षमा पनि कमि हुनुको साटो झन मौलाएर गयो ।
आज हामीले चाहेर पनि बिदेशी भर्ती केन्द्र बन्द गर्ने सक्ने स्थिति छैन । किनकी, रोजगार दिन नसकेर नागरिकलाई त्यो भन्दा तल्लो स्तरको काममा विदेश पर्ठाईरहेका छौ भने भर्ती केन्द्र किन बन्द गर्ने भन्ने प्रश्न ठडिन सक्छ-, त्यसैले लाग्छ, यो ३२ बर्षमा नेपालको समग्र अर्थतन्त्र ब्रोइलर अर्थतन्त्रमा रुपान्तरण भैसकेको छ । जसरी ब्रोइलर कुखुराले बाहिरबाट दिएको आहारा बाहेक अरु खान, खोज्न सक्दैन, त्यस्तै यो अर्थतन्त्रमा पनि बाहिरबाट रेमिट्यान्स नआए समग्र अर्थतन्त्र चल्न नसक्ने आधार निर्माण भैसकेको छ । अहिले सुन्नीएको अर्थतन्त्रबाट बाहिर निस्कन आममानिसलाई यही गरीखान सक्ने बाताबरण बनाउन नसके भोलि अचानक खुम्चने अर्थतन्त्रले देशमा ठुलै कम्पन लेराउने निश्चित जस्तै छ ।
समाज सेवा गर्छु भनेर राजनीतिमा होमिएको ब्यक्ति शक्तिमा पुगेपछि रास्ट्र पहिलो प्राथमिकतामा पर्नुपर्ने थियो, तर त्यो हुन् सकेन । प्राय नेताहरु पहिला आफु र आफन्त बाहेक अरुलाई देख्न पनि चाहेनन् । यी प्रवृतिका नेता र अघि वर्णन गरिएको शिकारी लाहुरे दाईको चरित्र भिन्न प्रकृतिका छन । तर, यी भर्खरका देशका घटनाक्रमले राज्यमा पहुँच भयका र अरु बिचौलिय आफ्नो फाइदाको लागि जे गर्न पनि तयार छन भन्ने देखाउँछ । त्यही भयर होला, आज समाजमा आमजनता निराश हुँदै जाँदा सिमित ब्यक्तिहरु पद प्रतिस्ठा र अकुत सम्पति आर्जनबाट खुशी त होलान, तर ति ब्यक्तिहरुप्रति आममानिसको मुल्याङ्कन सकारात्मक छ जस्तो लाग्दैन । जसको भोलीका दिनमा पर्दा खोल्दै जाला ।
अन्त्यमा, बेथिति माथि कैचि चलाउनु र थिती बसाल्न अग्रसर हुनु राज्य हाक्ने नेताको गुणहरु हुन् । त्यही भयर होला, आज सिंगापुरका नेता लिक्वानलाई सिंगापुरका जनताले सम्मानित नेताको रुपमा चिन्छन । उनले थिती बसाल्ने परिस्थिति निर्माण गर्ने क्रममा गलत गर्ने अरु त के आफ्नै छोरा र श्रीमती पनि बाँकी राखेंनन् । बिभिन्न प्रजातान्त्रिक देशहरुमा काम गरेकोले होला, ति देशका सवल पक्षहरुको अनुभुतिले गर्दा, हामीकोमा प्रजान्त्रको बिकल्प प्रजान्त्र नै हो र पार्टीको बिकल्प पार्टी हो जस्तो लाग्छ ।
तर, जस्तोसुकै परिस्थिति आय पनि सहीलाई सही र गलतलाई गलत भन्ने संस्कृतिलाई हामीले बिकास गर्ने सक्यौ भने मात्र, उक्त आचरणले समाजलाई अघि बढाउनेछ । तर, हामी आफ्ना र हाम्राले गरेका मात्र ठिक हो भन्ने चलनले गर्दा, यी ३२ बर्षका सुनौला दिनहरु सही तरिकाबाट उपयोग हुन नसकेरै होला, समाज निराशातिर धकेलिदै गएको । त्यसैले अहिलेको युवालाई स्वदेशमै आश देखाउन हामीले अब ढिलो नगरौ, किनकी आशले बनाउनेतिर र निराशाले भत्काउने बाटोतिर मानिसलाई डोर्‍याउँछ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker