४७ फर्मका बैंक खाता रोक्का

भञ्ज्याङ समाचारदाता/तनहुँ

आन्तरिक राजस्व कार्यालय दमौलीले आयकर, मूल्य अभिवृद्वि कर र अन्तशुल्कतर्फको कर नबुझाएका व्यवसायी फर्मको बैंक खाता रोक्का गरेको  छ । गोरखा, लमजुङ र तनहुँमा सञ्चालित ४७ व्यवसायी फर्मको खाता रोक्का गरेको हो ।
कार्यालयले गत वैशाख ५ गते पहिलो पटक सूचना प्रकाशित गरी पन्ध्र दिनभित्र बक्यौता रकम दाखिला गर्न अनुरोध गरिसकेको कार्यालयका निमित्त प्रमुख लोकेन्द्र राइले बताए ।
व्यवसायीको आम्दानीको स्रोत खोजी गरी बक्यौता रकम दाखिला गराउने अभियानमा कार्यालय लागेको उनले बताए । उक्त कार्यबाट पनि बक्यौता रकम दाखिला गराउन नसके निजको चलअचल सम्पत्ति रोक्का गर्न सकिने प्रावधान रहेको जानकारी दिँदै राइले सोही अनुरुप बैंक खाता रोक्का गरिएको बताए । उनका अनुसार तनहुँमा २८, लमजुङमा १३ र गोरखामा ६ वटा व्यवसायी फर्मको रकम बक्यौता रहेको छ ।
यस्तै, कार्यालयले आर्थिक वर्ष २०७९/८० मा रू दश अर्ब ८० करोड राजश्व संकलन गरेको छ । रू ११ अर्ब ७० करोड राजस्व संकलन गर्ने लक्ष्य राखे पनि लक्ष्य अनुरुप राजस्व संकलन नभएको कार्यालयका कर अधिकृत एवं सूचना अधिकारी टीकाराम पौडेलले बताए ।
आर्थिक वर्ष २०७८/७९ मा रू नौ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको उनले बताए । उनका अनुसार उक्त वर्ष रू नौ अर्ब २४ करोड राजस्व संकलन भएको थियो ।

७२ हजार बढी करदाता

तनहुँमा ७२ हजार ४४७ करदाता रहेका छन् । गत वर्षको तुलनामा करिब १० प्रतिशतका दरले करदाता वृद्वि भएको सूचना अधिकारी पौडेलले बताए । पछिल्ला समय नागरिकमा पान नम्बर लिएर मात्रै कारोबार गर्नुपर्छ भन्ने सचेतनाको वृद्वि हुँदै गएकाले करदाताको संख्या बढेको कार्यालयले जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker