“सबै शिक्षकलाई झोला बोक्न आग्रह”

ध्रुव राज पौडेल

शिक्षकहरुले झोला नबोकेर हुन्छ र …..! किनकी शैक्षिक सुधारका लागि झोला बोक्नु जरुरी छ तर त्यो झोला भित्र ज्ञानका खजाना राख्नुहोस् र आँफूलाई एक अब्बल शैक्षिक कालिगढको रुपमा समाजमा उभ्याउनुहोस् । तपाइलाई झोले भनेर सत्तो सराप गर्नेहरुलाई व्यवहारले झापट हानिदिनुहोस् र प्राज्ञिक झोले बनिदिनुहोस् कुनै फरक पर्दैन  …..!

तपाईले बोक्ने प्रत्येक झोलामा देहायका सामग्रीहरु राख्नुहोस् ।

१) झोलामा एकथान ल्यापटप राख्नुहोस् जुन आधुनिक शिक्षण पद्धतिको आधार, सूचना र ज्ञानको खानी हो । चाहिएको बेला यसको सहि प्रयोग गर्नुहोस् ।
२) झोलामा एउटा  Teacher Diary राख्नुहोस् जसमा तपाईलाई आवश्यक पर्ने शैक्षिक सूचना र पाठयोजनाको संग्रह रहेको हुन्छ, जसले तपाइलाई दैनिक शिक्षणका लागि Well-prepared भएर कक्षाकोठामा जान प्रेरित गर्दछ ।
३) झोलामा एकथान कलम राख्नुहोस् ल्यापटपको विकल्पमा केही टिपोट गर्न काम लाग्छ । कलम  भनेको शिक्षाकर्मीहरुको महत्वपूर्ण शैक्षिक हतियार हो ।
४) झोलामा एकथान पाठ्यक्रम, एकथान शिक्षक निर्देशिका, एकथान पाठ्यपुस्तक, एकथान विशिष्टीकरण तालिका, एकथान लेटरग्रेडिङ् पद्धतिसम्बन्धी सहयोगी पुस्तिका र एकथान आन्तरिक मूल्याङ्कन सम्बन्धी मार्गदर्शन राख्नुहोस् । यसबाट तपाईको कार्यकुशलताको साथसाथै तपाइमा आत्मबल पनि बढ्न जान्छ र तपाई स्रोतपूर्ण (Resourceful) बन्नुहुनेछ ।
५) झोलामा एकथान मोवाइल राख्नुहोस् जसलाई तपाईले विश्व घटना र समसामयिक शैक्षिक सूचना र जानकारीहरुको स्रोत बनाउन सक्नुहुन्छ ।
६) झोला भित्र एकथान छाता र Raincoat राख्नुहोस् जसका कारण वर्षाको बेला तपाई ओत लाग्न सक्नुहुनेछ ।
७) झोला भित्र टिफिन वक्स राख्नुहोस् जसलाई भोक लाग्दा खान सक्नुहुनेछ । यसमा आवश्यकतानुसार आफ्नो औषधी राख्नुहोस् जुन तपाईले समयमा नै सेवन गर्नुपर्नेछ ।
८) झोलामा एक बोतल पिउने पानी राख्नुहोस् जुन तिर्खा लाग्दा पिउन सकियोस् । अलिकति प्राथमिक उपचारका सामग्री राख्नुहोस्, आवश्यक पर्दा तत्काल प्रयोग गर्न सकियोस् ।
९) झोलामा एक दुई थान मार्कर राख्नुहोस् जसबाट White or Green board मा लेख्न सकियोस् । सानो स्पिकर राख्नुहोस् जसले कक्षा शिक्षणमा साउण्ड सिष्टमको काम गर्न सकोस् । एकथान प्वाइन्टर राख्नुहोस् जसको प्रयोग Power point presentation मा गर्न सकियोस् । हेरौं झ झोला बोक्दा कति फाइदा हुँदोरहेछ ….! अतः झोला बोक्नु नराम्रो काम होइन ।
यसरी माथिका सामग्रीको सहि सदुपयोग गर्नुभयो भने अवश्यमेव तपाई एक अब्बल शिक्षक बन्नुहुनेछ र आफ्नो विषयको नतिजा उत्कृष्ट बन्नेछ र हिजो झोले भनेर आरोप लगाउनेहरु शीर निहु¥याएर नतमस्तक भएर नजिक आएर भन्नेछन् कि सर… हामीले हिजो झोलेको उपनाम दिनु गल्ति गरेछौं ……!
अन्तमा, म सम्पूर्णमा अनुरोध गर्दछु कि शिक्षक जस्तो प्राज्ञिक व्यक्तित्वलाई, आफ्नो गुरुलाई अपमान गरेर, अबमूल्यन गरेर, विभिन्न उपनाम दिएर, उहाँहरुको मानमर्दन गरेर र मनोबल गिराएर शैक्षिक गुणस्तर अभिवृद्धि हुन सक्दैन। यदि कहिँ कतै कमिकमजोरी भएको छ भने अगाडि आएर भन्नोस्, सुझाव सल्लाह दिनुहोस्, सम्बन्धित निकायमा जानकारी गराउनुहोस् तर सबैलाई एउटै डालोमा राखेर सत्तोसराप गर्ने मनोरोगबाट मुक्त हुनुहोस् ।
शिक्षक साथीहरुले पनि राज्यले दिएको गुरुत्तर दायित्वलाई इमान्दारिता र जवाफदेहितापूर्ण ढङ्गले सम्पादन गर्नुहोस् ताकि सबैको सम्मानको पात्र बन्न सकियोस् । कम्तिमा पनि आफ्नो विषय शिक्षणमा अब्बल नतिजा निकाल्नुहुोस् । सबैले आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक पुरा गरेको खण्डमा अवश्यमेव समृद्ध नेपालको परिकल्पना साकार हुनेछ । सबैको जय होस् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker