तनहुँको व्यास-८ को रिस्ती केन्द्रमा पुनः मतदान हुने
भञ्ज्याङ न्यूज
तनहुँको व्यास नगरपालिका-८ स्थित दुइ वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले वैशाख ३१ गते गरिएको मतदान प्रक्रिया रद्ध गरी पुनः मतदान गर्ने निर्णय गरेको हो ।
मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गानाले एक सुचना जारी गर्दै जेठ ४ गते दुइ वटा मतदान केन्द्रमा पुनः मतदान गरिने जानकारी दिए । उक्त मतदान केन्द्रमा पुनः मतदान भएपछि मात्रै व्यास नगरपालिकाको मतगणना कार्य अगाडी बढाउने आयोगले निर्णय गरेको उनले बताए ।
साविक गाविस भवन फेदी मतदान केन्द्रमा व्यास नगरपालिकाका प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको थियो । कुटपिटबाट घाइते जोशीको हाल काठमाडौस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ।