म्याग्देमा व्यवसाय दर्ता अभियान उत्साहका रूपमा सञ्चालन

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाको आयोजना र तनहुँ उधोग वाणिज्य संघ थर्पु बजार ईकाइ समितिको सहकार्यमा व्यवसाय दर्ता अभियान म्याग्दे गाउँपालिकामा शुरू भएको छ। गाउँपालिकाभित्र व्यापार व्यवसाय गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउने उद्देश्यले अभियानकै रूपमा दर्ता तथा सुचिकृत गरिएको हो ।
गाउँपालिका भित्र सञ्चालन भएका व्यवसायीलाई पटक पटक सुचना गर्दा पनि दर्ता वा सुचिकृत हुन नआएपश्चात अभियानकै रूपमा दर्ता गरेको आर्थिक विकाश शाखा प्रमुख (अधिकृत सातौ) प्रदिप न्यौपानेले बताए । पहिलो चरण अन्तगत वडा न १, २ र ३ वडामा होटल, किराना, कृषि, मासुपसल, स्टेशनरि, परामर्श लगायत सचालनमा रहेका व्यवसायी दर्ता तथा सुचिकृत गरिएको अधिकृत न्यौपानेले बताए ।
तीन वटै वडामा गरी १०५ भन्दा वढि सुचिकृत र दर्ता भएका र अन्य वडामा दशै लगत्तै उधोग वाणिज्य संघ थर्पु ईकाइसँग सल्लाह गरेर कार्यतालिका बनाएर अभियान सञ्चालन हुने अधिकृत न्यौपानेले जानकारी दिए । व्यवसाय नयाँ दर्ताका लागि तत्काल वडा कार्यालयवाट सिफारिस लिने र सुचिकृतका लागि अन्यत्र सरकारि निकायमा दर्ताका कागजपत्रका अधारमा हुने छ । सोहि अवधिमा व्यवसायीको सहजका लागि फोटोकपि लगायतका कार्य निःशुल्क हुने छ ।
थर्पु वजार ईकाइ समितिका सभापति सुन्दरमणि अधिकारिले गाउँपालिकाले व्यवसायिको हितमा कार्य गर्ने र कानुनि दायरामा ल्याउन सुचना प्रकाशन गरेपश्चात व्यवसायी संस्था सहयात्री भएको बताए । स्थानीय सरकारसँग गाउँपालिका भित्र सचालन हुने उद्योगी, व्यवसायीको प्रत्यक्ष सलग्नता हुने हुँदा दर्ता र सुचिकृत गर्ने अभियानमा सहकार्य गरेका छौ अध्यक्ष अधिकारिले भने, “अभियानलाई सफल वनाउन वजार ईकाईका सवै पदाधिकारी र सदस्य लागेका छौ ।”
म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले व्यवसायीलाई सजिलोको लागि वडामा गएर नै सुचिकृत तथा दर्ता अभियान सन्चालन गरिएको बताए । उद्योग, व्यवसाय सन्चालन गरेका व्यवसायिको तथ्यांक सकलनका लागि पनि यस अभियान प्रभावकारी हुने अपेक्षा उपाध्यक्ष घिमिरेको छ ।
उधोग व्यवसाय सन्चालन गरि अभियानका रूपमा घर आगनमा सुचिकृत तथा दर्ताका लागि सवै व्यवसायी अनिवार्य रूपमा आउन गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आग्रह गरेका छन् । उद्योगी व्यवसाया उत्साहका साथ आफ्ना जनप्रतिनिधि, कर्मचारी, व्यवसायी एक्कैसाथ दर्ता तथा सुचिकृत अभियानमा हिडेपछि निकै खुसाका साथ दर्ता भएका छन् । उक्त व्यवसाय दर्ता अभियानमा ३५ भन्दा वढिले प्रमाणपत्र लिएका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker