कथा – कर्तव्य

सुरेशकुमार पाण्डे

दुःख के हो र सुख्ख केहो ? दुःख सुख्खको परिभाषा बुझ्न कठिन हुन्छ। सायद यस बारेमा हामीले समय काल परिस्थितिको मुल्याङ्कन गरेर मात्र निस्कर्षमा पुग्न सक्छौँ । बर पिपलको रूखको छायाँमा रूखकै आडमा बसेको– प्रेमलाल यही सोंचमा व्यास्थ थियो ।

विस्तारै चलेको बतासले रूखकका पातहरू फरर पार्दै थियो। यस्तो भान हुन्थ्यो ’मञ्चमा प्रेमको कथा वाचन हुँदैछ र दर्सकहरू ताली बजाइ रहेका छन् ।’ दुइटा स–साना बालिकाहरूले एउटा अधेड बैँशे नेत्रहिनलाई डोराउँदै डोराउदै प्रेमलाल कै अगाडी आएर ठिङ्ग उभिए ।

प्रेमलाल झसंग भयो । सबै भुल्यो र उनिहरूलाई एककोहोरो नियाल्न थाल्यो।

उनिहरूका झरझर भएका मैला कपडा हेर्यो अनि आफुले पहिरिएका सर्ट पाइन्ट तिर एक टक हेर्यो । उनिहरूको तुलनामा अब्बल थिए । ती अबोध बालिकाहरू कुपोषणका सिकार भएका दुब्ला पातला पट्पटी फुटेका हात खुट्टा, जुङरूङ्ग गरेको कपाल हेर्यो र क्षणभर आफ्नै घरमा फर्कियो ।

“आमा यस्तो रङको कपडा लगाउँदैन, आमा त्यो मलाई मिठो हुँदैन म खांदैन मैले। आफ्नो बालकहरूको जीद्दी र खिचातानी दुध पनि बल्ल बल्ल खुवाएको त्यो पुरानो दृश्य झलझली आँखामा घुम्यो।” आफुले गरेको काम सम्झियो– त्यो बञ्जर जमिनमा दिनदिनै तीन चारवटा पाँच–पाँच फुटका खाडल बञ्जर जमिन हातैभरी फोरा, लगभग चालिस किलो मिटर दिनौँ साइकलको यात्रा । आफुले बिधुतलाईनमा झुण्डिएर गरेका अनगिन्ती जोखिमपूर्ण काम सम्झियो ।

ऊ फेरी आफ्ना अगाडी हात पसारेर उभिएका तिर पिर्लुक्क हेर्यो ।

– नानि हो तिम्रो बाबालाई के भएको हो? प्रेमलालले दयालु पारामा सोध्यो ।

– हाम्रो बाबाको दुवै आँखा फुटेको छ ।
– उनि मध्यकी एउटीले भनि । ऊ अलि ठुली थिई तर उनिहरू एउटै उमेर समुहका जस्ता देखिन्थे । उनिहरूको अन्दाजी उमेर एघार र तेह्र जतीका हुनुपर्छ ।
– कसरी आँखा फुटेका दुवै– प्रेमलालले जान्न खोज्यो ।
– सर ! म एउटा पटाकाको फेक्ट्रीमा काम गर्थे त्यहाँ बारूध बिस्फोट भयो धन्न ज्यन जोगियो । मेरी बुढी त्यही आगलगि हुँदा मारिइन। यिनै दुइवटी छोरीहरू मेरो जिउने आधार बनेकाछन् । उसले भावुक हुँदै आफ्नो कथा सुनायो । दुवै छोरीहरू एता उताबाट हात छोपेर आफ्नो कर्तव्य पुरा गर्दै थिए ।
– ए ए फेरी हजुरलाई केही आर्थिक राहत मिलेन त ? प्रेम गम्भिर भएर प्रश्न गर्यो । उसले केही सम्झिए झैं गर्यो र भन्दै गयो ।

– मालिकनै भाग्यो सर ! हामीलाई प्रहरीले छोपेर केरकार गर्यो । कसैले पनि हाम्रो कुरा सुनेनन् । मत सायद अहिले जेलमै हुने थिएँ धन्न यी दुइटी छोरीहरू मेरै काखमा थिए र यिनको मुख हेरेर उनिहरूमा दया जाग्यो होला । तारिखमा हाजिर हुन जाने सर्तमा छाडेको हो। अरू कतिपय घट्नाबाट जोगिएकाहरू अहिले पनि जेलमै छन् । उसले बिगत सम्झिंदै भन्यो ।

प्रेमलाल उनिहरूको अवस्थामा अत्यान्दै दुःखी र चिन्तित् थियो । तर पनि के गर्न सक्थ्यो । उसले आफ्नो खोल्टी छाम्यो एक सय रूपियाँ रहिछ । लिनुहोस अहिले म सँग केही छैन यी नानिहरूलाई चिया पानी दिनुहोला भन्दै एक सयको नोट बालिकाको हातमा थमायो ।

उनिहरू त्यो रूपियाँ छोपेर दुबै हात जोडे अनि रमाउदै अगाडी बडे । ऊ त्यही वृक्षको छायाँमा बसिरह्यो । उनिहरूले डांडो काटे र अदृश्य भए । समस्या आ–आफ्नै छन् । कसलाई सुनाउने फेरी ऊ सोंचमङ्न भयो ।

अब हजुरले आफ्नो बाटो गर्न सक्नुहुन्छ । हामीले जीवनभरी हजुरको सेवा गर्ने ठेक्का लिएका छैनौँ ! उसको कानमा कर्कट आवाज आयो । ऊ झसङ्ग भयो, ’त्यो केहीदिन पहिले आफ्नै छोराले भनेको आवाज हो । मुख सुकेको थियो पानी यता उता कतै थिएन । उसले सुकेको गला खकार्यो; आफ्नो पेट मसार्यो उसले एउटा मृगौला बेचेको सम्झियो र ऊ झसङ्ग भयो ।

आफ्नो छोरालाई डिग्री दिलाउने वेला उसले मृगौला बेचेको थियो ।

प्रेमले स्यूइ ! सुस्केरा हाल्यो र लामो सास फेर्यो । उताबाट स्पिटमा आएको एउटा मोटर कारले धुवाँ र धुलोसँगै उडाउँदै अगाडी बढ्यो। उसले हातले धुलो पञ्छाउँदै गुडेको गाडी तिर पुर्लुक्क हेर्यो त्यो उसैको छोरा बुहारीको गाडी रहेछ ।

दाङ्ग, गोराही–१८

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker