सर्वपक्षीय नागरिक सरकार,त्यसपछि ताजा जनादेश

अभिजित अधिकारीले भने– सेनाले टेकओभर गर्न पाउँदैन,सेनाको नेतृत्वमा हामी निर्वाचनमा जान तयार छैनौँ

काठमाडौं । जेनजी आन्दोलनका एक अगुवा अभिजित अधिकारीले अब नागरिक अगुवासहितको सर्वपक्षीय सरकार गठन गर्नुपर्ने पक्षमा आफूहरू रहेको बताएका छन् ।

अहिलेको संसदीय व्यवस्था हटाउने पक्षमा आफूहरू नरहेको भन्दै अबको सरकारमा राजनीतिक दलको पनि प्रतिनिधित्व हुनसक्ने बताए । उनले सरकारको नेतृत्व सुशीला कार्की,कल्याण श्रेष्ठ जस्ता पूर्व प्रधान न्यायाधीश,डा।सन्तुक रुइत वा कसैले गर्न सक्ने नेपाल प्रेससँग बताए ।

नेपाल प्रेससँग आन्दोलनका अगुवा अभिजित अधिकारीले गरेको कुराकानी यस्तो छ–

जेनजी अहिले राजनीतिक दलका नेताहरू डिसक्रेडिट भइसक्नुभएको छ । उहाँहरूको औचित्य समाप्त भइसकेको छ । त्यसैले अब बन्ने सरकार चाहिँ सबै पक्षलाई समेटेर गठन हुनुपर्छ भन्ने हाम्रो माग हो । त्यसमा नागरिक समाजका अगुवाहरू समेटिन सक्नुहुन्छ । त्यस्तै राजनीतिक दलको पनि प्रतिनिधित्व हुनसक्छ । अहिलेको संसदीय व्यवस्थालाई हटाउने पक्षमा हामी छैनौँ । यही व्यवस्थामा रहेर नागरिक सरकार गठन होस् भन्ने हाम्रो चाहना हो । त्यो नागरिक सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, कल्याण श्रेष्ठ लगायतले गर्न सक्नुहुन्छ ।

यो सरकारको नेतृत्व सन्दुक रुइतजस्ता व्यक्तिले समेत गर्न सक्नुहुन्छ । तर, बङ्गलादेशमा मोहम्मत युनुसजस्ता व्यक्तिलाई सरकारको नेतृत्व दिँदा अहिलेसम्म चुनाव गराउन सक्नुभएको छैन । त्यसैले हामीले चाहेको नागरिक सरकारको नेतृत्व प्रशासन र यो व्यवस्थालाई राम्रोसँग बुझेको व्यक्तिले गरोस् भन्ने हो । अनि त्यो सरकारले फ्रेस इलेक्सन गरोस् । तर, सेनाले टेकओभर गर्नुभएन । सेनाको नेतृत्वमा हामी निर्वाचनमा जान तयार छैनौँ । त्यसो भयो भने फेरि आन्दोलन सुरु हुन्छ । सेनाले सहजीकरण चाहिँ गरिदिन सक्छ । हाम्रो तर्फबाट कसले नेतृत्व गरेर जाने भनेर हामीले निर्णय गरिसकेका छैनौँ । नागरिक सरकारले हामीलाई एड्भाइजरी जसरी राख्नुभयो भने त्यो बेटर हो । हामीलाई राजनीतिमा रुचि पनि छैन । तर, अब नागरिक सरकारले फ्रेस इलेक्सन गर्नुपर्छ । बाँकी कुरा इलेक्सनमै छिनोफानो हुन्छ ।

अभीजित अधिकारी,

जेन जी आन्दोलनको अभियन्ता

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker