नेताज्यु के तपाइहरु यति गर्न सक्नुहुन्छ ?

सन्तोष अधिकारी

सर्वप्रथम यो आलेखमा तीन वटा दृष्टान्त पेश गर्न चाहन्छु। पहिलो, सन १९७४ अगस्टमा तत्कालिन अमेरीकी राष्ट्रपति रिचार्ड निक्सन पदबाट राजीनामा दिन बाध्य भए । ‘वाटरगेट काण्ड’बाट चर्चित अनियमितता र भ्रष्टाचारको आरोप उनी माथी लागेको थियो । शक्तिशाली राष्ट्रपति निक्सनले आरोपको खिलाफमा आफनो पावरको दुरुपयोग गर्न चाहेनन । बरु अमेरीकी इतिहासमै बहालवाल राष्ट्रपति पहिलोपटक अनियमितताको आरोप बोकेर भावी पुस्तालाई गल्तिबाट पाठ सिक्न सन्देश दिंदै हवाइट हाउसबाट बाहिरिए । भावी पुस्तालाई नैतिकवान बन्न प्रेरित गरेर गए । नैतिकता र इमानदारीतामा लागेको दागलाई पद र पावरको जलपले ढाकछोप गर्न खोजेनन । जुन हाम्रोमा ब्याप्त छ ।

दोश्रो, जोन एडवार्ड अमेरीकी राजनीतिमा चामत्कारीक नेताको रुपमा उदाउने धेरैको आशा थियो। डेमोक्रयाटिक पार्टीका राइजिड स्टारको रुपमा लिइएका एडवार्डलाई जोन केरी पछिका सो पार्टीका तर्फबाट राष्ट्रपतिको प्रतिस्पधीको रुपमा समेत हेरिएको थियो । नर्थ क्यारोलिन राज्यका सिनेटर एडवर्डलाई त्यहाँ भन्दा माथी उठन उनको बिबाहोत्तर सम्बन्धनै बाधक बनिदियो । अर्थात उनी माथी उठेका अनियमितता र नैतिकताको प्रश्नसंगै उनी राजनीतिबाट आइशोलेशनमा पुगे । तर उनले आफनो कमजोरीलाई कहिल्यै अस्विकार गरेनन् ।

द क्यारलट अर्ब्जर्भरका लागि जीम मोरिलले तयार पारेको रिपोर्टमा भनिएको छ ‘मलाई थाहा छैन, के सम्भव छ र भविश्य कसरी अघि बढछ तर मेरो विचारमा केहि कुरा पनि सकिएको छैन।’ यसको मतलव थियो भविश्यमा सुधारिएर राजनीतिमा र्फकने आधार र सम्भावना उत्तीकै छ। भोलीका दिनमा अमरीकी राजनीतिमा उनको दमदार उपस्थिती हुन सक्ला या नसक्ला त्यो परिक्षणकै घडीमा छ। तर गल्तिलाई आत्मासाथ गरेर आफुलाई सच्याएर अघि बढन देखाएको साहास नै भावी पुस्ताका लागि महान पाठ हो ।

तेश्रो, सन २००० मा ताइवानको पाचौं र डेमोक्रयाटिक प्रेग्रेसिभ पार्टीको पहिलो राष्ट्रपतीमा निर्बाचित भएका थिए चेन सुइ वेन । तर उनी राष्ट्रपिता भने बन्न सकेन्न । सन २००८ सम्म आईपुग्दा उनको संलग्नता रहेका ठुलाठुला अनियमितता र भ्रष्टाचारका काण्डा एकपछि अर्को गरी पर्दाफास हुन थालिसकेका थिए । आफन्तबाद र पारिवारीक मोहले एउटा राजनीतिकर्मीको कसरी पतन हुँदोरहेछ भन्ने ताजा नजिर हुन वेन । जसले पारिवारिक प्रभावमा परेर राज्यको ढुकुटी दोहोन गर्‍यो । राज्यलाई खोक्रो बनाउने काम गर्‍यो । सत्ता र शक्तिको चरम दुरुपयोग गर्‍यो। तर कानुनको कठघरामा उनको अनियमितता र बेइमानीले क्षमा पाएन। परिणामतः उनलाई जेल सजाय सुनाइयो । उत्कर्षमा पुगेको राजनीतिक करिअर एउटै फैसलाले चुर्लुम्म डुबायो ।

राज्यदोहन गरेर संगालेको कालोधन नीतिको अगाडी निर्थक बन्यो । नैतिकता भुल्दा एउटा भ्रष्ट शासकको कसरी पतन हुँदोरहेछ भन्ने ताजा नजिर पनि हो यो । विगतमा राष्ट्रको अभिभावक बन्न मत दिएका ताइवानी जनताले उनलाई अहिले कुख्यात अपराधीको रुपमा लिन्छन । ताइवानीको साख गिराएको पात्राको रुपमा हेर्छन । आखिर उनले आफरनो गल्तीलाई जति ढाकछोप गर्न खोजेपनि न्यायको कठघरामा उनको अपराधिक छवी जोगिन सकेन । यथार्थता बाहिरिएरै छोडयो । देश र जनतालाई छल गर्दा उनको राजनितीक भविश्य त सकियो नै, ताइवानको इतिहासमा नै एउटा नमेटिने दाग समेत बने ।

माथी उल्लेखित तीन उदाहरणलाई हेरौ । पहिलो दुइ दृष्टान्त जहाँ राजिनामा दिंदा निक्सन शक्तिशाली अमेरीकाका राष्ट्रपति थिए । यता एडवार्डलाई भावी राष्ट्रपतिको रुपमा हेरिएको थियो । तर पारदर्शिता र नैतिकताको सवालमा उठेको प्रश्नको सामु पद र पावारलाई ठुलो देखेननर । त्यति शक्तिशाली देशका नेताले त नीति र नैतिकताको सामु गल्ति स्विकार गर्ने फराकिलो छाती देखाए भने पारदर्शिताको सवालमा प्रश्न नै प्रश्नको घेरामा रहेका हाम्रा नेतृत्वले उनीहरुबाट सिक्न जरुरी छ कि छैन ?

हो भाविपुस्तामा सहि राजनीतिक संस्कार र प्रबृत्तीको विकास गराउने हो भने प्रश्न उठेका हरेक नेताले आफुलाई पदबाट अलग्याउन आवश्यक छ । अनि राजनीतिमा लागेर अनियमितता, भ्रष्टाचार र नैतिकताको सवालमा प्रश्न उठेका नवयुवाहरुले पनि एडवार्डले जस्तै त्याग गरेर भविश्यमा आफुलाई सुधारेर अघि बढने आंट गर्न सक्नपर्छ । तबमात्र हामीले भावी दिनमा पारदर्शितामा प्रश्न उठदा पद र पावारलाई तिलाञ्जाली दिन सक्ने निक्सन र एडवार्डहरु पाउन सक्छौं ।

अनियमितता र नैतिकताको सबालमा प्रश्नै प्रश्न उठेका पात्राले निक्सन र एडवार्ड ले जस्तो फराकिलो छाती बनाउदैन्न भने नीतिको माध्यमबाट नियन्त्रण गर्नुको विकल्प छैन । कानुनको माध्यमबाट नै ताईवानी शासक चेन सुइ बेन कार्वाहीको दायरामा आएका हुन । हो पावारको दुरुपयोग गर्ने हाम्रा नेतृत्वलाई पनि वेनलाई जस्तै कानुनी कठघरामा ल्याएर सवक सिकाउन जरुरी छ । नैतिकता र अनियमितताको प्रश्न उठाकाहरुले पद छोडने साहास देखाउन सक्नुपर्छ । पश्चिमा र युरोप, अमेरीकाका नेतृत्वले जस्तै ।

यदि त्यसो गर्न तयार हुँदैन्न भने कार्वाहीको दायरामा ल्याउनुपर्छ वेनलाई जस्तै । जसका कारण भोलीका दिनमा राज्यशक्तिको दरुपयोग गर्न खोज्नेले हजार पटक सोचोस । साँच्चै नै भावी दिनमा राजनीतिमा आएर कमाउने सपना देख्ने हरेक ताइवानी पात्राले गलत गर्नु पुर्व पटक पटक सोच्नेछ । देशको नीति र कानुनको ख्याल राख्नेछ । किनकी जहाँ नैतिकता गुमाउँदा नीतिले नियन्त्रणमा लिनेछ । तसर्थ हामीले पनि नीति र नैतिकताको तादम्यता मिलाउन जरुरी छ । जसबाट भ्रष्टहरुलाई नियन्त्रण गर्न सकियोस। हामीले पनि गल्ति स्वीकार नगर्ने अविवेकी नेतालाई ताइवानीले जस्तै नीतिको माध्यमबाट नियन्त्रण गर्नुको विकल्प छैन । जसका लागि हाम्रा राज्यका नियमक निकायहरु चुस्त दुरुस्त र निष्पक्ष हुन आवश्यक छ ।

नत्र हामीले फेरी पनि पाउने भनेको सेयर र कमिशनका लागि मध्यस्थता गर्ने कमरेड नारायणकाजी जस्ता नेताहरु नै हो । चुनाव हारे पनि पद नभई नहुने कामरेड बामदेबहरु जस्तै पात्र नै हो । क्यानटोनमेन्टको अनियमितता छानविन भन्ने वित्तिकै अतालिने कमरेड प्रचण्ड जस्तै नेतृत्व नै हो । जति भ्रष्टाचारको आरोप लागेपनि पदकै कारण उन्मुक्ति पाई राख्ने विजय गच्छदारहरु नै हो । जिउँदै मान्छेलाई इट्टा भटटामा हाल्ने नृशंश र क्रुर आफताव आलामहरु नै हो । हो देशको राजनितीक शुद्धिकरणका लागि आरोपितहरुले निक्सन र एडवार्डको बाटो रोजुन । नत्र वेनलाई जस्तै कार्बाहीको कठघरामा ल्याउन सक्ने बलियो कानुनको विकल्प छैन ।

पश्चिमा देशहरुमा छानविन प्रभावित नहोस भनेर ओरोप लागेपछि पदबाट स्वतः बाहिरिने संस्कार नै छ । त्यसको ठिक बिपरीत हाम्रोमा यस्ता आरोप लागेका पात्रा नै नीति निर्माणदेखि कार्यान्वयन गर्ने तहमा नेतृत्व गरेर बसेका ताजा नजिरहरु छन । वास्तवमा शुसाशनका लागि नीति बाधक भयो भने नैतिकताको प्रयोगबाट सुधार गरिन्छ । अनि नेतृत्वले नैतिकता गुमायो भने नीतिको माध्यमबाट नियन्त्रण गर्ने गरिन्छ । आज विश्वका समृद्ध लोकतान्त्रिक राज्यहरुमा यसरी नै नियन्त्रण र सन्तुलन कायम गरिदै आएको पाइन्छ । तर हाम्रा नेतृत्व न नीति पालाना गर्न तयार देखिन्छन । न नैतिकवान बन्ने साहास नै देखाउछन ।

पद र पावार कहिल्यै पनि स्थायी हुँदैन । तर त्याग, इमान्दारीता र जवाफदेहिताले एउटा नेतृवलाई जीवन्त बनाउछ । वास्तवमा यस्ता सोच भएका पात्रा आज नेपाली राजनीतिमा चाहिएको छ। राजनीतिक इमान्दारीताको खडेरीलाई परिपुर्ति गर्ने ब्याक्तिको खाँचो छ । राजनीतिको मुहान नै धमिलो रहेसम्म सुशाशन र समृद्धीका कुरा एकादेशको कथा जस्तै भइ रहेनछ । विभिन्न पार्टीका विशिष्ट पददेखि सरकारमा रहेका नेताको सवालमा लागेका आरोपहरु मानौ प्रयोजित हुन रे।

कम्तिमा प्रयोजित हो भन्ने प्रमाणित गर्न पनि अनुसन्धानलाई निष्पक्ष र पारदर्शीत बनाउन पर्ला नी । त्यसका लागि पनि पदमा रहेका पात्राले आरोप लागि सकेपछि ठाउँ खाली गरी स्वतन्त्र भुमिकामा रहन जरुरी छ । प्रमाणित भए कार्बाही सहन तयार हुने प्रायोजित भए पुनः आफनो ठाउँमा फर्कने । के यो आँट गर्ने हिम्मत हामीले नेता मानेका कुनै पनि पात्रासंग छ ? यदि छैन भने हामी जनताले त्यसता पात्रालाई नेता मानेर भुल गरी रहेका छौं । गल्ति स्वीकार गर्ने र गल्तिबाट पाठ सिक्ने ब्याक्तिनै नेता बन्न सक्छ ।

हो कुनै पनि राष्ट्रको शुसाशन र समृद्धीका लागि नेतृत्वको नैतिकता र उदारताले उत्तिकै अर्थ राख्दछ। निक्सन र एर्डवर्डले गल्ति त गरे तर त्यसलाई ढाकछोप र दोहोर्‍याउने दुस्साहास गरेनन । त्यसैले त युरोप तथा अमेरीकाको लोकतान्त्रिक अभ्यासलाई अहिले पनि नमुनाको रुपमा हेरिन्छ । जहाँ नेता गल्ति गर्न डराउछन या गल्तिबाट पाठ सिक्छन र सिकाउछन । जहाँ एउटा ब्याक्तिको क्यारिअरलाई बचाउने नाममा सिंगो ब्यवस्थालाई बदनाम गराउन खोजिंदैन ।

समृद्धी र शुसाशनका लागि देश नेताप्रधान होईन नीति प्रधान हुनुपर्छ । जहाँ नेताले नैतिकता गुमाउदा नीतिले सहजै नियन्त्रण गर्न सकियोस । अन्त्यमा भन्नैपर्छ, अनियमितता र नैतिकताको सवालमा प्रश्न उठेका पात्राहरु मैदान छोडेर जान खोज्दैन्न भने नीतिको माध्यमबाट नियन्त्रण गरेर शुसाशनको अभ्यास गर्न जरुरी छ। जुन देशको आवश्यकता हो ।

लेखक हाल युरोपमा छन।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker